मौसम प्रतिकूल भएकाले सचेत र सर्तक रहन प्राधिकरणको आग्रह

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ ।

मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायतका धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाले यस तर्फ सचेत रहन आग्रह गरेको हो ।

देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा रहनुहुने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू–भागहरुमा हल्का बर्षाको सम्भावना समेत रहेको प्राधिकरणरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बुधबारबाट तापक्रममा समेत गिरावट आई चिसो बढेकाले तराई क्षेत्रमा सम्भावित शितलहर बाट बच्न पूर्व सर्तकता अपाउन समेत आग्रह गरिएको छ । साथै शीतलहर जस्ता सम्भावित विपद् व्यवस्थापनका लागि स्थानिय विपद व्यवस्थापन समिति र सुरक्षा निकायहरुलाई पूर्व तयारीमा रहन निर्देशन समेत दिइएको छ ।

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । विपद्को समयमा जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई विशेष ध्यान पु¥याउन समेत प्राधिकरणले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्