कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरको हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन नगरेको राप्रपाले अहिले कांग्रेस नेतृत्वको सरकारलाई भने समर्थन गरेको हो ।

मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको पक्षमा २२ सांसदले मत दिएका छन् । शाहीलाई माओवादी केन्द्रका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री शाही गएको कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अहिले ३५ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सदस्य रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्