चार नेताले बुझाए ओलीलाई नयाँ पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको खाका

सौराहा – नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका छन् ।

विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई ओलीले सहमतिको खाका बनाउन भनेका थिए । उनीहरुले त्यहीअनुसार खाका बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् । ‘हामीले हाम्रोतर्फबाट खाका बनाएर पठाएका छौं, अब त्यसमा के गर्नुहुन्छ?’ गुरूङले भने । उनीहरूले ओली बसेको होटलमै बसेर सहमतिको खाकाबारे छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्