आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना नेपालको अधुरो

काठमाडौँ – आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको छ। यो पराजयसँगै नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आज भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो । नेपालका लागि इन्दु बर्माले १५ रन बनाउनुभयो । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सक्नुभएन। नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिनुभयो । खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिनुभयो । चाया मुगलले एक विकेट लिनुभयो ।

यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई)) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ । यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाउनुभयो । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सवनम राई, सीता रानामगर र संगीता राईले एक एक विकेट लिनुभयो । जितसँगै यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो । शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्