जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ जना घाइते

तस्बिर बामु देवकोटाको फेसबुकबाट

काठमाडौं – नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ना ६ ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन बाँकी छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोट पु¥याइएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्