प्रदेशसभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित

दार्चुला – सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दा कुमारी बम नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजीत पराजित भएकी छिन् । दार्चुलाबाट बम महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । बमले महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याएकी छिन् । चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच प्रतिस्पर्धा भएको थियो । जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६८७, राजमति पाल ६८७, इश्वरी जोशी ६६९ र एसोदा तिङ्करी ५६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाविधेशन प्रतिनिधिमा छनौट भएका पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन् । भने बम महिला संघ दार्चुलाका अध्यक्ष हुन् । यस्तै जोशी दुहुँ गाउँपालिका उपाध्यक्ष हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्