कांग्रेस दार्चुलाको सभापतिमा बोहरा र सचिवमा कार्की निर्वाचित, अरु को–को भए निर्वाचित ?

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा ललितसिह बोहरा विजयी भएका छन् । खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गरि सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार अमरसिह धामीले ३०९ मत प्राप्त गरे । बोहरा दोब्बर बढी मतान्तर तथा ३११ मतान्तरले विजयी भएका छन् ।

उपसभापतिमा ललितसिह ठगुन्ना ५४० र महादेब बडू कश्यप ४८२ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री ३३१, शन्तोषकुमार सिह ऐतवाल १५८ र मानबहादुर बमको ८१ मत प्राप्त गरेर पराजित भए । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ६६५ र माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी भए । महेन्द्रप्रसाद बडूको २२४, बिरसिह डडाल ८४, महेशसिंह धामी १३६ र देबसिह धामीको १२२ मत प्राप्त गरे ।

सहसचिवमा राजु अवस्थी ५६९ राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । सन्तोष दयाली २७४ र जयानन्द जोशीको पक्षमा २२५ मत परे पनि पराजित भए ।

जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा थिए । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । केहि पुराना नेताहरु समेत पराजित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्