एमालेले पदाधिकारी संख्या बढायो, कुन पदमा कति रहने ?

काठमाडौं – नेकपा (एमाले)ले केन्द्रीय पदाधिकारी र सदस्यहरुको संख्या थप्नेबारे राखेको प्रस्ताव पारित गरेको छ । शुक्रबार १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र पार्टी पदाधिकारी के कति रहने भन्नेबारे निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा विशेष जोड दिंदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको एमालेले जनाएको छ । उक्त निर्णयसँगै १९ पदाधिकारी नयाँ थपिने भएका छन् । योसँगै अब एमालेमा १ अध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, स्थायी कमिटी ४५ यथावत् रहने, पोलिट्ब्युरो एक तिहाई सदस्यको बनाउने (९९) सदस्यीय र ​केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने भएको छ । आयोगगहरू (२५) सदस्यीय र प्रदेश, जिल्लाको आधार संख्या ७५ सदस्यीय बन्ने भएको छ । यही संरचना अनुसार अधिवेशनले पदाधिकारी नियुक्त हुनेछन् । एमालेमा सकभर सर्वसम्वतको चर्चा छ । यद्यपि सर्वसम्वत नभएको अवस्थामा भने निर्वाचन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्