बैतडीमा जन्ति बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

बैतडी – बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् ।
दुर्घटनामा केही घाइते भएका छन् । रातिको समय भएकोले उद्धार गर्न कठिनाई भईरहेको छ ।

आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्