बैतडी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी – बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० बर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राती बाटोमै मृत्यु भएको हो । उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

जिपमा सवार ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्