सुशीला ढकालको ‘सुस्केरा’ सार्वजनिक

काठमाडौँ – सुशीला ढकाल अधिकारीको नेपाली मौलिक विधामा रुचिएको सुसेली संग्रह ‘सुस्केरा’ सार्वजनिक भएको छ । नोबेल साकोस साहित्य संस्थाले काठमाडौँको मध्य वानेश्वरमा रहेको रत्न पुस्तकालय भवनमा वरिष्ठ साहित्यकार डा. शैलेन्द्र प्रकाश नेपालको प्रमुख आतिथ्यतामा रुचिएको सुसेली संग्रह ‘सुस्केरा’ सार्वजनिक भएको हो । सुशीला ढकाल अधिकारीको सुसेली सङ्ग्रह ‘सुस्केरा’ दुई पटक फरक संस्थाबाट विमोचित भएकोले सुशीलाको साहित्यिक धरातल बलियो रहेको डा.शैलेन्दुप्रकाश नेपालले बताएका छन् ।

कार्यक्रममा सुसेली गायन र अन्य रचनाहरुको समेत वाचन गर्नुका साथै कार्यक्रममा श्रष्टाहरुको सम्मान समेत गरिएको थियो । बिशिस्ट अतिथी हिरक जयन्ती पार गर्नु भएका ८६ वर्षिय बयोबृद साहित्यकार पुष्पप्रसाद लुईटेलकोको गौरवमय उपस्तिथिमा संस्थाका संरक्षक श्री पुष्प रंजितले सभापतित्व गरेका थिए । सर्जक सुशीला ढकाल अधिकारीको सुस्केरा सुसेली सङ्ग्रह साहित्यका विविध विधाका मुर्धन्य सर्जकहरुका उपस्थितिमा आधुनिक साहित्य परिषदले एक दिन अगाडि पनि साहित्यिक महोत्सवमा भव्यताका साथ विमोचन गरेको थियो । कार्यक्रममा संगीता सारथिको कथा सङ्ग्रह अनुभुति जीवन ,अनि म्रुत्युको समेत लोकार्पण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्