एमाले राष्ट्रिय महाधिवेशनका लागि दार्चुलाबाट १२ जना प्रतिनिधि छनौट (नामावली सहित)

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी दार्चुलाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरि सिफारिस गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट, दार्चुलाले १२ जना छनौट गरि सिफारिस गरेको छ । निर्वाचनका सम्पूर्ण प्रक्रिया पुरा गरि सर्वसम्मत रुपमा खुला, महिला र दलित तर्फबाट महाधिवेशन प्रतिनिधि छनौैट गरि जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

जसमा शैल्यशिखर–८ का रामदत्त जोशी, महाकाली–४ का ज्ञानेन्द्र घर्ती, नौगाड–४ का प्रेमसिँह धामी, व्याँस–१ का गेल्बुसिँह बोहरा तथा मार्मा–६ का देवसिँह महर रहेका छन् । यसैगरी महाकाली–१ का हरदेव जोशी, शैल्यशिखर–१ का लालबहादुर बिक, लेकम–३ का दानीराम पार्की रहेका छन् । त्यस्तै अपिहिमाल–४ का उर्मिला बोहरा, मालिकार्जुन–५ का मेनुका अवस्थी(पुष्पा), दुहँु–२ का गौरी बडाल र महाकाली–१ का दुर्गादेवी धामी रहेका छन् ।

मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको राष्ट्रिय महाधिवेशन हुदैँछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्