पोखरामा एमबिबिएस अध्ययनरत २२ वर्षीय विद्यार्थीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारेको थियो । तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्