नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न, हरीबाबू तामाङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन

जापान – नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार (नोभेम्बर १४) जापनमा एक समारोहकाबीच आठौ अधिबेशन भब्य रूपमाँ सम्पन्न भएको हो ।

अधिबेशनले हरीबाबू तामाङको अध्यक्षतामा २५ सदस्यिय जनप्रगतिशील मंच च्यूबु/मिए क्षेत्रीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किशानलाल उप्रेती रहनु भएको छ भने सचिवमा रंजित गौतम, सहसचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाध्यक्षमा दावा शेर्पा, सह–कोषाध्यक्षमा किरणसागर तिवारी र बोम गुरूङ रहनु भएको छ । त्यसैगरि सदस्यहरूमा वैकुण्ठ गौतम, मनोज अधिकारी, किरण चौलगाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बूढ़ाथोकी, कृष्ण गुरुङ, अनिल अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी रहनु भएको छ ।

अधिबेशनले रामबहादुर खत्रीको संयोजकत्वमाँ ७ सदस्यिय सल्लाहाकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा नरबहादुर थापा, धनबहादुर खत्री, गंगा घर्ती मगर, पुष्पा घिमिरे, ओम देवकोटा र अजय थापा रहनु भएको छ ।

सो कार्यक्रममाँ प्रवास जनप्रगतिशील मंच जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठ, जनप्रगतिशील मंच जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्व अध्यक्ष मोहन खत्री, केन्द्रीय सचिब शालीकराम भण्डारी, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पूडासैनी, एनआरएनए एसिया पयसिफकि संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए निवर्तमान सचिब विष्णुप्रसाद घिमिरे, सदस्यता वितरण उप–समितिका केन्द्रीय संयोजक बाबूराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरी पाण्डे, च्यूबु मिए क्षेत्रीय इंचार्ज आर एच गौतम तथा अन्य क्षेत्रीय इंचार्ज लगायतले शुभ–कामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष हवल चन्द्र लामाले पार्टी र मंञ्चको विधान संम्बन्धी प्रष्ट पार्नु भयो भने पूर्वी एसिया समिति सदस्य भवानी पन्तले आगामी दिनमा संगठनलाई अझै जुझारू रूपमाँ अगाडि बढ़ाउन खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।
त्यसैगरि क्षेत्रीय इंचार्ज आर एच गौतमले पार्टीको आर्थिक, समाजिक र नैतिक पक्षलाई कसरी अगाडि बढ़ाउन सकिन्छ र सबैमाझ पुर्याऊन सकिन्छ भन्ने कुरा प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरी दोङ तामाङले गर्बका साथ पार्टीको सदस्यता लिन र पार्टीलाई सहयोग गर्न अपिल गर्नुभयो । उक्त कार्यक्रममा संगठनको अवस्थाको बारेमा माओबादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो । नवनिर्वाचित कार्यसमिति द्वारा जनप्रगतिशील मंच जापानको केन्द्रीय अधिबेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएको कुरा जापानबाट पत्रकार कान्ता गिरीले उपहारखबरलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्