विलियमसनको विस्फोटक ब्याटिङ, अस्ट्रेलियालाई १ सय ७३ रनको लक्ष्य

कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको हो ।

विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र तीन छक्का हिर्काए । त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए । ​अस्ट्रेलियाका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि मात्र २६ रन खर्चिदै १ विकेट लिए । दुवै टोली पहिलो टी–२० विश्वकप उपाधि जित्ने दाउमा रहेका छन् । अस्ट्रेलिया दोस्रोपटक फाइनलमा पुगेको हो भने न्युजिल्याण्ड पहिलोपटक फाइनल खेल्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्