मुस्ताङमा हिमपहिरो गयो, भागदौडमा ९ जना घाइते

काठमाडौं – मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।

हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए ।

भागदौडमा ९ जना घाइते

हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिए । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्