सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारेबार ?

काठमाडौँ – साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । कार्तिक २८ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन ४०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य अघिल्लो साताको बुधबारदेखि निरन्तर उकालो लागेको हो ।

आइतबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार पनि चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदा एक हजार २८५ रुपैयाँ तोकिएको थियो । पछिल्लो तीन कारोबार दिन चाँदीको भाउ लगातार बढेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्