१४औं महाधिवेशनका विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

File Photo

काठमाडौँ – १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

१४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने काँग्रेसले जनाएको छ । यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, भोजन–आवास व्यवस्थापन समिति, अर्थ सङ्कलन समिति र स्वयंसेवक व्यवस्थापन समिति पनि गठन गरिने छ ।

महाधिवेशन मूल तयारी समिति सभापति देउवाको नेतृत्वमा हुने छ भने पार्टीको नीति तथा कार्यक्रमम समिति संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने तयारी छ । आगामी कात्तिक २४–२६ गते काठमाडौंमा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्