दार्चुलामा जात्रा हेर्न गएका एक पुरुष गहुँ खेतमा मृत फेला

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा जात्रा हेर्न गएका एक जना पुरुष मृत फेला परेका छन् । महाकाली नगरपालिका– ८ धापका ६० बर्षीय जोगीराम चुनारा आइतबार गहुँखेतमा मृत फेला परेका हुन् । उनी धापको असिगडा जात्रा हेर्न गएको र गहुँ खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको छ । चुनाराले अत्यधिक मदिरा सेवन गरेको तथा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्