पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान माधव नेपालको निर्देशन

FILE PHOTO

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताए । ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, नेपालले भने । पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताए । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए ।

‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छोड्न आग्रह गरे । आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्