नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौँ – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्