पाकिस्तानलाई हराउदै अस्ट्रेलिया फाइनलमा, आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड बीच फाइन खेल हुदैँ

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत गएराती भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।
पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रिजवानले ६७ र जमानले ५५ रन बनाए । यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १र१ विकेट लिए । अब अस्ट्रेलियाले फाइनलमा आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्