जुवातास खेलिरहेको अवस्थामा ५४ हजार नगद सहित १० जना पक्राउ

महोत्तरी – बर्दिवास नगरपालिका-१ बर्दिवासस्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्