१५ किलो चरेश सहित ४ जना पक्राउ

सांकेतिक तस्बिर

गोरखा – अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा.२० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्