संसद अबरुद्ध नगर्ने नेपाली काँग्रेस सहित ३ दलको निर्णय

काठमाडौँ – नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ ।

सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो ।

काँग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन् ।

तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालले जानकारी दिइन् ।
काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ ।

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । यसविषयमा आइतबार छाया मन्त्रीपरिषद्मा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बाँस्कोटा प्रकरणलाई लिएर काँग्रेसले तीन वटा माग तेर्स्याउँदै फागुन ८ गते बसेको संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।

बाँस्कोटाको मन्त्रीबाट बर्खास्ती, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र तटस्थ रुपमा बाँस्कोटामाथि छानबिन हुनुपर्ने काँग्रेसको बटमलाइन छ ।

बिहीबार नै बाँस्कोटाले पदबाट राजीनामा दिएसँगै काँग्रेसको पहिलो माग किनारा लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्