आज भाईटिका, लटिनाथ मन्दिर बन्तोली सहित विभिन्न स्थानमा रात्रिकालिन भव्य जात्रा लाग्ने

काठमाडौ – सुदूरपश्चिममा तिहारको रौनक सकिएसँगै रात्रिकालिन जाात्राहरु सुरु हँदैछन् । सुदूरपश्चिमका पहाडी जिल्लाका शक्तिपिठहरुमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछन् । आज भाईटिकाको अवसरमा दार्चुलाको शैल्यशिखरमा अवस्थित लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने भएको छ । बन्तोलीसँगै दार्चुलाको विभिन्न स्थानमा अवस्थित लटिनाथ देवताको मन्दिरहरुमा पूजासहित रात्रिकालिन जात्रा लाग्ने भएको छ । शक्तिशाली देवताका रुपमा पुजा हुने लटिनाथको पूजा गर्दा मनोकामना पुर्ण हुने स्थानीयहरुको भनाई छ ।

दशै र द्धितिया अर्थात भाईटिकाबाट जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको कुणी, झरकडा लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ ।

यो पनि 

लटिनाथ देवताको संक्षिप्त इतिहास

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्