कर्णाली प्रदेश : शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भोलि

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्