कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान

काठमाडौँ – कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान भएको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका छन्।

आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएको प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले बताए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ।

यहाँ नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।

कांग्रेससँग भएको सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका थिए। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बेला सत्ता हस्तान्तरणको सहमति गरेका थिए। उनले सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयनमा ल्याएको पनि बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्