चालू आर्थिक वर्षको ७ महिनामा अछामबाट २ हजार ६ सय ७८ नागरिकता बितरण

चन्द्र प्रसाद भाट,११ फागुन,अछाम

चालू आर्थिक बर्षको ७ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछाम बाट २ हजार ६ सय ७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
चालू आर्थिक बर्षको श्रावण १ गते देखि अहिले सम्मको विवरण हेर्दा यो तथ्यांक भेटीएको हो । जसमा १ हजार ५ सय ९७ जना पुरुष र १ हजार ८१ जना महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन । यो तथ्यांक लाई हेर्दा नागरिकता लिने पुरुषको संख्या ५ सय १६ ले बढी छ ।
अछामका केही ठाउँहरु बिकट भएकाले पनि सेवा लिन समस्या भएको सेवाग्राही हरुले बताएका छन । कार्यालयले जिल्लाका बिकट बस्तिमा नागरिकताको प्रमाणपत्र बितरणका लागि शिबिरको आयोजना गर्न पनि सुझाव दिएका छ्न । जिल्लाका तुर्माखाँद गाउँपालिकाका बिकट वडाहरु, ढकारी गाउँपालिकाका बिकट वडाहरु, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बिकट बस्तिमा सिबिर सन्चालन गर्दा नागरीकलाइ सहज हुने उनिहरुको भनाइ छ ।
यस्तै नेपाल सरकारले सुरुगरेको राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या अहिले सम्म जम्मा ४ हजार ६ सय १९ रहेको पनि कार्यालयले जानकारी गराएको छ । जस्मा १ हजार ७ सय २४ महिला र २ हजार ८ सय ९५ जना पुरुषले नाम दर्ता गराएको कार्यालयले जनाएको छ । रास्ट्रीय परीचयपत्र मा नाम दर्ता गराउने मध्य पुरुषको सँख्या १ हजार १ सय ७१ ले बढी देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्