सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको पद धरापमा, समाजवादीले गर्‍यो मुख्यमन्त्री दाबी

काठमाडौँ – सुदूरपश्चिममा आलोपालोमै भए पनि प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी प्रदेश कमिटीले दाबी गरेको छ ।

सोमबार दिउँसो धनगढीमा आयोजित पत्रकार सम्मलेनमा एकीकृत समाजवादीकी प्रदेश अध्यक्ष गरिमा शाहले प्रदेश सभाको सबभन्दा ठूलो दलका हिसाबले सरकारको नेतृत्वका लागि गठबन्धनमा प्रस्ताव गर्न पार्टी केन्द्रलाई माग गर्ने बताइन् ।

प्रदेशको मुख्यमन्त्री अलोपालो हुनसक्ने उनले बताइन् । ‘नेपाली कांग्रेससँग कसरी सहकार्य गर्ने भन्ने पनि केन्द्रको निर्णय नै मान्य हुनेछ,’ उनले भनिन् ।

सरकारमा जिम्मेवारी हेरफेर हुने र सुदूरपश्चिममा अहिलेको गठबन्धनलाई निरन्तरता दिइने उनले बताइन् ।

केही दिनअघि मात्रै नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता, प्रमुख सचेतकसहित सांसदहरूले पनि पाटी सभापति शेरबहादुर देउवासमक्ष सरकारमा सहभागी हुनुपर्ने माग राखेका थिए । देउवाले यसबारे गठबन्धनमा छलफल गर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्