इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ पुग्याे, सबै पठनपाठन एक हप्तालाई ठप्प

इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । कोरोनाबाट हालसम्म इरानमा ४३ जना संक्रमित बनिसकेको सीएनएले जनाएको छ । आइतबार ८ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । गएको २४ घण्टामा १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । इरानी सरकारले कोरोनाको संक्रमणलाई फैलन नदिन १४ प्रान्तका सबै पठनपाठन एक हप्तालाई ठप्प पार्ने निर्णय गरेको इर्ना समाचारसंस्थाले जनाएको छ ।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ । मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।
चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्