शुक्लाफाँटा–८ को सुनदेवी भगवती मन्दिर प्राङ्गणमा ८ गतेदेखि महायज्ञ आयोजना हुने, तयारी अन्तिम चरणमा

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सुनदेवी भगवती मन्दिर प्राङ्गणमा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सुनदेवी भगवती मन्दिरलाई धार्मिक धरोहरको रुपमा चिनाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । कार्तिक ८ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञमा चर्चित कथा वाचक तथा अन्तर्राष्ट्रिय कथा वाचक पुज्य श्री नरेश नेपाल ज्यू महाराजले कथा बाचन गर्ने कार्यक्रम रहेको छ । हिन्दुहरुको आस्था मानिने यो सुनदेवी भगवती मन्दिरमा कथा श्रवण गर्न सबैका लागि खुला गरिएको छ । महायज्ञमा कथा श्रवण गर्ने भक्तजनहरुले कलश खरिद गर्न सक्नेछन् । शुद्ध तामाबाट निर्मित कलश लिने व्यक्ति यज्ञको कर्ता हुनेछ । महायत्र समापन पश्चात प्रसाद स्वरुप कलश भक्तजनले घर ल्याउन पाउनेछ ।

शान्ति कलशको पुजन गर्दा नाना प्रकारका जडिबुटीहरु कलशको जलमा मिश्रण गरिने र उक्त शान्ति कलशमा गंगा यमुना, सरस्वती, नर्मदा, गढडकी आदि पवित्र नदी एवं समस्त सप्तसागरहरुको जल राखिने आयोजकले जनाएको छ । साथै बेदपाठी बैदिक ब्राह्मणहरुको बेदोच्चारणले प्रशोधन गरि शान्ति कलशको जल अमृत तुल्य महा औषधि बन्न जाने समेत बताइएको छ । शान्ति कलशको जल घरमा छर्किनाले घरमा भएका आदी व्यादी जरा मृत्यु जस्ता अनिष्ठहरु नाश हुने समेत बताइएको छ ।

अन्तर्राष्ट्रिय कथा वाचक पुज्य श्री नरेश नेपाल ज्यू महाराज जीको मुखारबृन्दबाट ज्ञान श्रवण गर्न सकिने भएकाले यस्तो अवसर नछुटाई ज्ञान श्रवण गरि पुण्य प्राप्त गर्नुहुन प्रचार प्रसार संयोजक कृष्ण सिँह ठगुन्नाले अनुरोध समेत गर्नुभएको छ । महायज्ञको अन्तिम तयारीमा आयोजक जुटेको छ । एक समिति गठन गरि महायज्ञको तयारीमा जुटेका छन् । समितिको अध्यक्षमा श्रीराम धामी तथा संयोजक चक्रसिँह ठगुन्ना, महासचिवमा विर बहादुर बोहरा, कोषाध्यक्ष मानसिँह कठायत, सचिव रुद्र सिँह ठगुन्ना तथा व्यवस्थापकमा केशब सिँह धामी रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्