सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माण सामाग्री खस्याे

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत अन्य निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाको जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।
खुम्बु क्षेत्रको लागि आवश्यक सामाग्री ढुवानमा प्रयोग हुने सानो हेलिकोप्टरले झुण्डाएर ढुवानी गर्छ । तर उडान हुने स्थलमा कुनै सुरक्षा जाँच हुँदैन । नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तर्गत खानतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराइ कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु र गराउनु हुँदैन ।

यस्तै त्यही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बिना त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्त विपरीत हुने गरी वायुयान सञ्चालन गरेमा एक लाख देखि १० लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्