आईपीएल : चेन्नई राजस्थानसँग ७ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भएको हो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले एक सय एक रनको शतकीय पारी खेले ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अङ्क जोडेको छ । राजस्थान छैटौं स्थानमा छ । समान खेलमा १८ अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्