आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने, केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ – आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने मौसमविद्हरुले बताएका छन् । अहिले प्रदेश–१ र २ का धेरै ठाउँमा पानी परिरहेको छ । १ र २ प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आज प्रदेश–१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण प्रदेश–१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्