विद्युत प्राधिकरणद्वारा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु, दूरसञ्चार प्राधिकरणको आपत्ती

काठमाण्डौ – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ । यता दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो । आज सांकेतिक रुपमा हरेक वितरण केन्द्रमा कम्तिमा एउटा तार काटिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको छ ।

प्राधिकरणले चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, काठमाण्डौको कीर्तिपुर, ललितपुरको इमाडोल लगायतका क्षेत्रमा सांकेतिक रुपमा तार काटेको छ ।

प्राधिकरणले तार काट्दा भरतपुर क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्