सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमालेका नेताहरू भने सहभागी भएनन् । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्