ईपीएल : वर्षाका कारण खेल प्रभावित, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स​ले अङ्क बाँडे

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स​ले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा र भैरहवाले एक–एक अङ्क बाँडेका हुन् ।

आज त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १० ओभर १ बलमा सात विकेट गुमाएर ६५ रन बनाउँदा खेल वर्षाका कारण रोखिएको थियो । वर्षा नरोकिने अवस्था देखिएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्