ईपीएल : चितवन टाइगर्सद्वारा विराटनगर वारियर्स दुई विकेटले पराजित

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्स विजयी भएको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन टाइगर्सद्वारा विराटनगर वारियर्स दुई विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रन र सौरभ खनालले अविजित ३० रन बनाए । बलिङतर्फ चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई–दुई विकेट लिए ।
विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर भेटाएको हो । चितवनका लागि राजेश पुलामी मगरले अविजित ४३ रन बनाए । त्यस्तै भीम सार्कीले ११ बलमा ३० रन बनाए । बलिङतर्फ विराटनगरका सिकन्दर राजा र नेपालका करण केसीले दुई–दुई विकेट लिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्