दक्षिण कोरियामा कोरना फैलियो २५ लाखर मानिसलाई घरबाहिर नआउन आग्रह, घरभित्र समेत मास्क लगाउन अनुरोध

दक्षिण कोरियाले कोरना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ ।

शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरना सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने र कुनै गल्ती हुन नदिने बताएका छन् । शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोरना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए ।

कोरियामा यसअघि देखिएका संक्रमितहरूको चीनसँग कुनै सम्पर्क देखिन्थ्यो । यसपालि भने सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ ।

थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोरना देखिएको छ ।

कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोरना देखिएको छ । कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन् ।

उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन ।

थेगु नगरपालिकाका अधिकारीहरूले उक्त चर्चमा प्रार्थना गर्ने दिन १ हजार हाराहारीमा मानिसहरू आउने गरेको बताएका छन् ।

झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोरनाका बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन् ।

सिन्चेन्जी चर्चको थेगु शाखा बुधबारदेखि बन्द गरिएको छ । उक्त चर्चका अन्य शाखा रहेका प्रान्तका सरकारले पनि प्रार्थना गर्न जानेहरूको पनि स्वास्थ्य परीक्षण गर्ने बताएका छन् ।

राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ । पार्कहरू बन्द गरिएका छन् । प्रोटेक्टिभ मास्क लगाएका कर्मचारीहरूले सबवे स्टेशनमा औषधी छर्किरहेका छन् ।

कोरना दुई जना सैनिक पनि देखिएको छ । कोरियामा ६ लाख सैनिक छन् । ती दुबै जना सैनिक केही दिनअघिमात्रै थेगु गएर फर्किएको बुझिएको छ ।

उनीहरूमा संक्रमण देखिएपछि कुनै पनि सैनिकलाई विदामा घर जान र बाहिर निस्कन रोक लगाइएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्