वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।

उपत्यकाभरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय १४ सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।

गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे कारण उपत्यकाकाे प्रदूषण बढेकाे प्रवक्ता जोशीले बताउनुभयो । केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले बताउनुभयो । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।

प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहने वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले बताउनुभयो ।

बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ । मास्क प्रयोग गर्दा हावाको प्रदूषणबाट हुने जोखिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

 

सभार : उज्यालाे अनलाइन

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्