माइन्यूट नै च्यात्ने अवस्था सृजना किन भयो शुक्लाफाँटामा ? (मेयरसँगको कुराकानी सहित)

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातिएको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । नगर प्रमुख दिलबहादुर ऐरसँग वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराको चर्काचर्कीपछि उक्त माहोला सृजना भएको हो । जसमा आवेगमा आएर वडा अध्यक्ष महराले निर्णय पुस्तिका नै च्यातेका हुन् ।

उपहार खबरकर्मीले वडा अध्यक्ष महरालाई किन निर्णण पुस्तिका नै च्यात्नुभयो ? कसरी सृजना भयो त त्यस्तो वातावरण भन्ने प्रश्नमा वडा अध्यक्ष महराले पटक पटक नगरपालिकामा प्रत्येक वडामा बजेट बाँडफाँट समानुपातिक हुनुपर्ने माग राख्दा समेत कुनै सुनुवाई नभएको र नगर प्रमुख ऐर समक्ष पनि व्यक्तिगत तथा वडाको तर्फबाट उक्त माग राख्दा समेत बेवास्ता गरेकोले उक्त माहोल सृजना भएको स्वीकार गरेका छन् । यस्तै एडिबीको काम समय मै सक्नुपर्ने, नगरपालिका भित्रको व्यथिति अन्त्य गर्नुपर्ने मागहरुमा समेत नगरपालिका मौन बसेको आरोप समेत लगाएका छन् ।

यसैगरी नगरपालिकाको वडा नं. ८ मा रहेको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा लगायतका बस्तुहरु उत्खनन् गर्ने गरि ठेक्का गर्ने र प्रभावित क्षेत्रका जनताको समस्याको रुपमा रहेको तटबन्ध, खानेपानी, सडक, ढल निकासका लागि बजेट विनियोजन गर्ने सहमति भएको र उक्त सहमति अनुसार बजेट निकास नभएको र ठेक्का प्रक्रिया अगाडी बढाएकोप्रति समेत वडा अध्यक्ष महराले आक्रोस व्यक्त गरेको हुन ।
नगरपालिकाका अनुसार करिब ४ बैठक जति निर्णय च्यातिएको बताएको छ ।

माइन्यूट च्यातिएको बिषयलाई लिएर नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्य समितिले पनि आपत्ति जनाएको छ । एक विज्ञप्ती जारी गर्दै उक्त कार्यको घोर भत्सना समेत गरेको छ । विज्ञप्तीमा वडा अध्यक्ष महरालाई कारवाहीको समेत माग गरेको छ ।

उपहार खबरसँगको कुराकानीमा नगर प्रमुख ऐरले उक्त कार्य कानुन विपरित भएको र वडा अध्यक्ष महराले आइतबार बोलाईको बैठकमा आममाफी माग्नु पर्ने र गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । यस्तै उहाँले गल्ती स्वीकार गर्नुभएन भने स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कारवाही गर्न आफुहरु बाध्य हुने बताएका छन् ।

११४ औँ बैठक डाकेको र उक्त बैठक बस्न कोरम नपुगेर बस्न बाँकि रहेका बेला वडा अध्यक्षले बैठक बस्न नदिने, तोडफोड गर्ने लगायतका धम्की दिन थालेको र आफु सम्झाउन लागि परेको र त्यहि बेला प्रमुख प्रशासकी अधिकृत विसन सिँह थापा बसेको टेबलमा रहेको कार्यपालिका बैठकको निर्णय पुस्तिका समातेर च्यातेको मेयर ऐरले बताएका छन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्