जसको नीति उसैको नेतृत्व स्थापित गर्न लागौँ नेता भट्ट

कैलाली – माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले केपी ओलीलाई गणतन्त्रको सिहंसानमा बसाउनु गम्भीर भुल भएको बताएका छन् ।
माओवादी केन्द्र नगर कमिटी गौरीगंगाले मसुरियामा आयोजना गरेको विशेष कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज भट्टले गणतन्त्र प्रति कुनै लगाव नभएका ओली प्रति लक्षित गर्दै भने ग्राउन्डमा जहाज छ तर चलाउन ट्रयाक्टरको चालकलाई लगाए जस्तै प्रचण्ड र माधवहरुले गणतन्त्र संघियता प्रति कुनै योगदान नभएका ओलीलाई प्रधानमन्त्री बनाउनु गम्भीर भुल भएको बताएका थिए । राजाको गुणगान गाउने अवस्थाबाट जनयुद्धको बलमा गणतन्त्र ल्याउन माओवादीको प्रमुख योजना सफल भएको बताउदै भट्टले सबै जाति बर्ग समुदायको हक अधिकार संविधानमा सुरक्षित गर्ने माओवादीको निति परिवर्तनलाई देशले स्विकारेको उल्लेख गर्दै जसको नीति उसैको नेतृत्व स्थापित गर्ने सबै नेता कार्यकर्ता जनतामाझ जानुपर्ने नितान्त आवश्यक रहेकोमा जोड दिए । माओवादीले उठान गरेका मुद्दा सहि भएको हुदा राज्यको स्थानीय तहदेखि संघिय ओहदा र पदमा महिला,जनजाति,दलित उत्तपिडीत बर्ग समुदायको अनिवार्य सहभागीता र परिवर्तनलाई संविधानमा सुनिश्चित गरिएको बिषय जनता बुझाउन आवश्यक रहेको बताएका थिए ।
लेखराज भट्ट प्रति लक्षित गर्दै बिगतमा सामन्ती पृष्ठभूमिका विरुद्ध लागेका नेता सम्पन्न हुदाहुदै जंगल क्षेत्रको ५ बिगाहा जमिन आफ्नो नाममा दर्ता गरेर आफ्नो असली चरित्र देखाएको बताएका छन् ।
नगर इन्चार्ज पवनकुमार बोगटीको अध्यक्षतामा भएको प्रशिक्षण तथा कार्यकर्ता भेलामा जिल्ला इन्चार्ज रुपा चौधरी ,संविधान सभा सदस्य हरि ज्ञावाली (अखण्ड), संविधान सभा सदस्य हरि श्रीपाइली,माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक अकल रावल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, जसपा र समाजवादी पार्टी परित्याग गरि ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्