सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा भू–सेवाको सुरुवात, देशकै पहिलो भएको दाबी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भू–सेवाको सुरुवात गरेको छ ।

अब जग्गा अंशबण्डा तथा राजीनामा लगाएत भू–सेवा सम्बन्धीका कामकाजहरु गाउँपालिकामै हुनेछन् । गाउँपालिकाले जनताको सेवा झन् सहज र सुलभ गराउने उदेश्यका साथ मालपोत कार्यालय मार्फत पाउने आधारभूत सेवाहरु अब गाउँपालिकामै उपलब्ध गरिने गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । उनका अनुसार अब भु–सेवा मार्फत स्थानीय तहले जनतालाई लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्बिन्ध कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापना गर्न लागिएकोे हो ।

स्थानीय तहले दिने यो सेवा देशकै पहिलो सुरुवात भएको गाउँपालिकाको ठहर छ ।

कार्यक्रममा गाउँपालिका माहासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेल लगाएत सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्