राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ पारित

FILE PHOTO

काठमाडौं – राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।

अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्