’कहिलेसम्म पेल्दा रहेछन् हेरौं’ – ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयकमार्फत् सरकारले ल्याएको बजेट आज पारित भएको छ ।

बजेटबारे छलफल भइरहँदा र पारित गर्ने बेला एमाले सांसदहरूले विरोध गरिरहेका थिए ।

विरोधबीच नै बजेट पारित भएपछि एमाले अध्यक्ष ओलीले ’कहिलेसम्म पेल्दा रहेछन् हेरौं’ भन्ने प्रतिक्रिया दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्केका अध्यक्ष ओलीले पत्रकारहरूको प्रश्नमा उक्त प्रतिक्रिया दिएका हुन् । एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ ।

पार्टीले कारबाही गरेका सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको र पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेले सभामुखमाथि लगाइरहेको छ । सभामुखले भने यो मुद्दा सर्वोच्चमा रहेकोले संसदमा छलफल नहुने प्रतिक्रिया दिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्