बदेल मार्न लगाइएको विद्युतीय धरापमा परि १८ बर्षीया किशोरीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौ – बाँकेमा खेतबारीमा बँदेल मार्न÷धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको मृत्यु भएको हो ।

सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको बेला बँदेल मार्न÷थपाउन बिच्छ्याइएको विद्युतको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गत आईतबार बर्दियामा पनि बँदेलका लागि बिच्छ्याइए विद्दुतीय धरापमा परि २२ बर्षीया युवतीको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्