नेपाली कांग्रेसको १४ औं महाधिवेशन : शैल्यशिखर नगरपालिकाको सचिवमा विष्टको उम्मेदवारी घोषणा

दार्चुला – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलाको शैल्यशिखर नगरपालिकाको सचिव पदमा युवा नेता सुरेश विष्टले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शैल्यशिखर नगरपालिका–९ नकतड घर भएका विष्ट २०६६ साल देखि नेपाली कांग्रेसको राजनितीमा सक्रिय छन् ।

विष्ट यस अघि नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको शैल्यशिखर नगर सभापति भइसकेका छन् ।

नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन र संगठन विस्तारका लागि आफूले नगर सचिवमा उम्मेद्वारी घोषणा गरेको विष्टको भनाई छ । पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन नगर सचिव पदमा आफूलाई अघि सारेको विष्टले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्