एकीकृत समाजबादी सुदूरपश्चिम प्रदेश संसदय दलको कार्यालय मन्त्री दीर्घ सोडारीद्वारा उदघाटन

नेकपा (एकीकृत समाजबादी) सुदूरपश्चिम प्रदेश संसदिय दलको कार्यालय संसदीय दलका नेता माननीय मन्त्री दीर्घ सोडारीले
उदघाटन गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी ) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो । प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।अदालतले नेकपा फुटाएपछि एमालेको संसदीय दलको कार्यालय रहेको सो कार्यालयमा अहिले नेकपा (एस) को कार्यालय बनाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्