आजदेखि सरकारी कोषबाट खर्च गर्न नसकिने, ‘बजेट होलिडे’ शुरु

काठमाडौँ – सरकारले आज मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो ।

प्रतिनिधिसभाबाट विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न पाइदैन् । यस्तो अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ ।

सरकारले ‘बजेट होलिडे’ को अवस्थामा विभिन्न क्षेत्रबाट हुने रकम संकलन गर्न सकिएपनि खर्च गर्न पाउदैनन् । अब प्रतिनिधी सभाको बैठक असोज ४ गते बोलाएको छ । सरकारले अब आउने प्रतिनिधी सभाको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । तर प्रतिपक्षी नेकपा एमाले संसदको बैठक अवरोध गर्दै आइरहेको छ ।

सहमतिमा विधेयक पारित गर्ने विषयमा सबै दलहरुबीच छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्